Logo

प्रमुख समाचार

मधेसवादमाथि संकटको बादल लाग्यो : राजेन्द्र महतो



काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसवादमाथि संकटको बादल लागेको बताएका छन् ।

मंगलवार जनकपुरधाममा आफू निकट नेता, कार्यकर्ताहरूसँग छलफल कार्यक्रम गर्दै वरिष्ठ नेता महतोले मधेसवादमाथि संकटको बादल लागेको बताएका हुन् ।

उनले मधेसवादमाथि संकट लागेको अवस्थामा जागरण अभियानको आवश्यकता रहेको बताए । उनले मधेसले पाएको अधिकार खोस्ने तयारी भइरहेको भन्दै त्यसको प्रतिकारका लागि उत्पीडनमा परेका सबै जागरण अभियानमा लाग्नुपर्ने बताए ।

उनले जागरण अभियान नचलाएमा आगामी निर्वाचनमा मधेसवादको नाममा कसैले नपत्याउने बताए । उनले आगामी निर्वाचनमा मधेसवादी दलहरूले जित्ने सम्भावना नरहेको भन्दै अहिलेदेखि नै जनतालाई जागृत गराउनुपर्ने बताए । वरिष्ठ नेता महतोले मधेसवादको रक्षाका लागि नयाँ शक्ति निर्माणको आवश्यकता रहेको बताए ।

उनले मधेस प्रदेश सरकार काँग्रेस र कम्युनिस्टहरूले जस्तै गरी चलाउँदा मधेस केन्द्रित दलहरूप्रति वितृष्णा जागृत भएको बताए । उनले मधेस सरकार भ्रष्टाचारमा लिप्त भएको कारण पनि जनतामा निराशा छाएको बताए । महतोले मधेसी जनताले पाएको पहिचान तथा अधिकार रक्षाका लागि पुनः एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार ०९:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।