धनुषा- जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएका छन्। उनले तेस्रो पटक आइतबार विश्वासको मत लिने भएका हुन्।
मुख्यमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठ्दै आए पनि केन्द्रीय गठबन्धनका कारण प्रदेशमा पनि कांग्रेस, माओवादी, लोसपा र एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने भएका छन्।
जसपाबाट मुख्यमन्त्री बनेका यादवले पद सम्हालेयता आठ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन्। उनले आफ्नो एकवर्षे कार्यकालमा उपलब्धिमूलक काम गर्न नसकेको आरोप छ।




















प्रतिक्रिया