Logo

प्रमुख समाचार

महासमितिबाट आएका राय सुझावलाई आत्मसात् गर्दै समितिले अनुमोदन गर्छ : सभापति देउवा



ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकमा पारित भएका प्रतिवेदन परिमार्जनसहित अनुमोदन हुने बताएका छन् ।

महासमिति बैठकको समापन सत्रमा उनले प्रतिवेदनमाथि आएका राय सुझावलाई आत्मसात् गर्दै केन्द्रीय समितिले अनुमोदन गर्ने बताए । कांग्रेस महासमिति बैठकबाट भएका निर्णयलाई देश र विदेशबाट महत्त्वका साथ हेरिएको सभापति देउवाको भनाई छ ।

यस्तै उनले गठबन्धनलाई सुशासन कायम गर्ने दायित्व रहेको पनि बताए । यस्तै उनले महासमिति बैठक सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार २१:२१   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।