काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृ एवं पूर्व सांसद शान्ता चौधरीसँग ४ हजार रुपैयाँ बराबरको टिमुर र लसुनको अचार किनेका छन ।
एमाले नेतृ चौधरी आज आइतबार ओली निवास बालकोटमा अचार लिएर गएकी थिइन् । ओलीले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत शान्ता चौधरीसँग अचार खरिद गरेको फोटो सहितको जानकारी सार्वजनिक गरेका छन ।
अध्यक्ष ओलीले लेखेका छन्–‘शान्ता चौधरीले शान्ताको अचार उद्योग खोल्नु भएको रहेछ । उद्योगबाट २२ किसिमका अचार उत्पादन भइरहेका रहेछन् ।
मलाई मन पर्ने टिमुर र लसुनको अचार मैले किनेँ । शान्ता चौधरी पूर्व सांसद पनि हुनुहुन्छ र राजनीतिमा सक्रिय हुनुहुन्छ । आत्मनिर्भर बन्ने प्रयासको लागि उहाँलाई शुभकामना । शान्ताजीलाई बधाई ।’
पूर्व सांसद चौधरीले आफूले उद्योग सञ्चालन गरी अचार उत्पादन गरेकोमा अध्यक्ष ओलीले खुसी व्यक्त गरेको बताइन् । ओलीले ४ सय ग्रामका प्याकिङ भएका टिमुर र लसुनको ४ हजार रुपैयाँ बराबरको अचार खरिद गरेको उनले जानकारी दिएकी छन् ।




















प्रतिक्रिया