काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण रद्द भएको छ। फिनल्यान्डकाे हेल्सिन्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन गए राति परराष्ट्रमन्त्री साउद त्यसतर्फ जाने तयारीमा हुनुहुन्थ्यो। तर अन्तिम समयमा भ्रमण रद्द भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
परराष्ट्र मन्त्रालयले ‘विशेष परिस्थिति’ भएको कारण देखाउँदै भ्रमण स्थगित भएको जनाएको छ। तर सत्ता गठबन्धनमा समस्या देखिएसँगै साउदको फिनल्यान्ड भ्रमण स्थगित भएको बुझिएको छ।
गठबन्धनमा सङ्कट देखेपछि कांग्रेस सभापति शेरबहादुर देउवा मन्त्री हेरफेरका लागि तयार भएका छन्। गठबन्धनको बैठक आज बस्दैछ।




















प्रतिक्रिया