काठमाडौं- वर्तमान सत्ता गठबन्धनमा दरारको संकेत देखिएको छ। यससँगै प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले सत्ताको नेतृत्वकर्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संवाद बढाएका छन्।
यहीबीच नेकपा माओवादी केन्द्रले नयाँ समिकरण बनाउने सम्भावना बलियो बनेर गएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवको घरमा आइतबार भएको छलफलमा माओवादी, एमाले, जसपा, रास्वपासहितका दलका नेताहरूबीच भएको छलफलले नयाँ समीकरणको संकेत गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने, माओवादी उपमहासचिव बर्षमान पुन, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र यादवलगायत नेता छलफलमा सहभागी रहेको बताइएको छ।
रास्वभा अध्यक्ष लामिछानेले नयाँ समीकरण बने उपप्रधानसहित गृहमन्त्रीको अपेक्षा राखेका छन्। नयाँ समीकरणमा उपेन्द्र यादवले पनि उपप्रधानसहित महत्त्वपूर्ण मन्त्रालय पाउने छन्।
प्रचण्ड प्रधानमन्त्रीमा निरन्तर रहनेछन् भने नेकपा एमालेले राष्ट्रिय सभा अध्यक्षको भाग पाउनेछ। यस्तो अवस्थामा कांग्रेस सरकारबाट बाहिरिने र एमालेबाट मन्त्री बनाउने गृहकार्य छ। आइतबार बेलुकी कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आफ्नो दलका मन्त्रीहरूसँग पछिल्लो अवस्थाका बारेमा सामूहिक छलफल गरिसकेका छन्।




















प्रतिक्रिया