Logo

प्रमुख समाचार

माधव नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड र ओली कोटेश्वर पुगे



काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोटेश्वर पुगेकाछन्।

एकीकृत समाजवादीलाई नयाँ सत्ता गठबन्धनमा सामेल गराउन आग्रह गर्न प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले नेपालसँग भेटेर कुराकानी गरेको बताइएको छ।

बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी रहेको बेला प्रधानमन्त्रीजी र ओली माधवलाई भेट्न गएका हुन्।

सोमबार नयाँ मन्त्रीहरूले शपथ लिएपछि प्रधानमन्त्री प्रचण्ड र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए।

एमाले अध्यक्ष ओलीले भने फोन गरेर गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए। नेपाल नयाँ गठबन्धनका विषयमा प्रस्ट भइसेका छैनन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १८:५३   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।