काठमाडौं- नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन भएका छन्। कांग्रेस संसदीय दलको नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रियसभामा दलको नेता मनोनीत गरेका संसदीय दलका कानुनी सल्लाहकार अधिवक्ता केशव जोशीले जानकारी दिए।
कांग्रेस विधानमा प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रियसभा संसदीय दलको नेता चयन गर्ने प्रावधान छ। सोहीअनुसार शनिबार देउवाले सिटौलालाई मनोनीत गरेका जोशीले बताए।




















प्रतिक्रिया