Logo

प्रमुख समाचार

गृहमन्त्रीलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट छैन : कांग्रेस नेता कोइराला



काठमाण्डौं । कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको दाबी गरेका छन् ।

आज (शनिबार) काठमाण्डौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले भने, ‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो’ ।

नेता कोइरालाले मन्त्री लामिछानेको बारेमा अहिले सडकदेखि संसदसम्म चौतर्फी विरोध भैरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको त छैन भन्ने प्रश्न उठेको समेत बताएका छन् ।

उनले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाण्डौंका चेतनशील मानिसहरु चुपचाप बसिरहँदा आफुलाई अचम्म लागेको बताएका छन् ।

हरेक परिवर्तनमा काठमाण्डौंवासीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि उनीहरुको निरन्तर खबरदारीको आवश्यकता रहेको बताएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार १३:०५   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।