Logo

प्रमुख समाचार

एमाले सचिवालय बैठक बस्दै



काठमाडौं- नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ।

आइतबार पार्टी कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका छन्। बैठक बिहानबाट सुरू हुने छ।

आजको बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भएपछिको भिन्न परिस्थितिका बारेमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आईतवार ०६:४८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।