Logo

प्रमुख समाचार

उपेन्द्र यादवले केपी ओलीलाई धोका दिए !



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धोका दिएका छन् ।

आगामी बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा आफ्नो पार्टीको उम्मेद्वार नउठाउने निर्णय गराएका छन् । सत्ता गठबन्धनका मुख्य घटकहरु एमाले र माओवादी केन्द्रले इलाम २ मा जसपाको पनि साथ पाउने अपेक्षा राखेका थिए ।

तर, जसपाका अध्यक्ष यादवले भने सो क्षेत्रमा पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमलाई सघाउने भएर धोका दिएका हुन् । थेगिमलाई धरानका मेयर हर्कराज राईको साथ छ । ०७९ को निर्वाचनमा एमाले र जसपाले सहकार्य गरेका थिए ।

एमालेले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाएको छ । माओवादीले पनि सुहाङलाई सघाउने भनेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार ०९:३३   :  बजे

579
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।