Logo

प्रमुख समाचार

गृहमन्त्रीले आफूलाई चोखो ठान्छन् भने पछि हट्नुपर्छ : राजेन्द्र पाण्डे



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै पाण्डेले आरोप लागेको मन्त्रीले आफू बाहिर हटेर आरोपबाट चोखिनु पर्नेमा जबरजस्ति गर्नुमा केहि बदमासी छ भनेर शंका गर्ने ठाउ रहेको बताए । उनले गृहमन्त्रीले आफूलाई चोखो ठान्छन भने पछि हट्नुपर्ने टिप्पणी गरेका छन् ।

मंगलबारको बैठकमा कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता बारे संसदीय समितिको माग पुरा नभएसम्म संसद चलन नदिने अडान राखेपछि बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार २०:५४   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।