भैँसी बोकेर काठमाण्डौँ आउँदै गरेको एउटा ट्रक पल्टिएको छ ।
स्थानीय सुदिप भट्टका अनुसार धादिङ् जिल्लाको सिम्ले नजिकै भएको दुर्घटनामा परि ट्रकमा सवार ३ जना व्यक्ति गम्भीर घाइते भएका छन्, भने ट्रकमा भएका भैँसीहरु मध्ये ३ ओटा दुर्घटनास्थलमा मरेका छन् । ती मध्ये केहि भैँसीहरुको टाउको भाँचिएको, खुट्टा र ढाड भाँचिएको छ । घाइते व्यक्तिहरुलाई अस्पताल लगिएको र घाइते भैँसीहरुलाई पशु डाक्टरले उपचार गरिँदै छ । स्थानीय र सुरक्षाकर्मीको टोलीले मरेका भैँसीहरुको ब्यबस्थापन गरिँदै छ ।
२० कार्तिक २०७७, बिहीबार १३:०३
0
Shares



















प्रतिक्रिया