जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न ३ दिनको म्याद दिएको छ ।
नागरिकता कीर्ते प्रकरणमा हिजो मंगलबार कान्तिपुर मिडियाबाटै पक्राउ परेका सिरोहियालाई हिजै धनुषा पु¥याइएको थियो । प्रहरीले आज बुधबार उनलाई अदालतमा उपस्थित गराएको थियो ।
उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कान्तिपुर कार्यालय पुगेको भन्दै उनको पक्राउको विषयमा केही मिडियाहरुले बिरोध जनाएका छन् ।




















प्रतिक्रिया