Logo

अर्थ

मधेस प्रदेशको सरकार विस्तार हुँदै, कांग्रेसलाई अर्थ दिने सहमति



जनकपुरधाम । मधेस प्रदेशमा सरकार विस्तार गर्ने विषयमा सहमति भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले अर्थमन्त्रालय कांग्रेसलाई दिन सहमत भएपछि सरकार विस्तारको सहमति भएको हो ।

कांग्रेसले अर्थमन्त्रालय नदिएमा सरकार छोड्ने धम्की दिएपछि सरकार विस्तार हुन सकेको थिएन । अब नयाँ सहमति अनुसार कांग्रेसले अर्थमन्त्रालयसहित कृषि, उर्जा र श्रम मन्त्रालय पाउने भएको छ ।

कांग्रेसबाट सांसद सुनिल यादव अर्थमन्त्री बन्ने भएका छन् । यस्तै जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादव उर्जा, सिचाई तथा खानेपानी मन्त्री र कौशल किशोर राय श्रम तथा यातायात मन्त्री बन्ने भएका छन् ।

कांग्रेसका चार मन्त्रीले आजै साँझसम्म शपथ लिने बताइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार १७:२७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।