Logo

अर्थ

आईएमई लाइफको उप-प्रमुख कार्यकारी अधिकृतद्वय अमात्य र पौडेलले सम्हाले कार्यभार



काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले उप-प्रमुख कार्यकारी अधिकृतद्वयमा दिनेश अमात्य र खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ ।

दिनेश अमात्यले ०८१ श्रावण १ गतेदेखि र खिलेन्द्र पौडेलेले ०८१ भाद्र ५ गते देखि उप-प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।

खिलेन्द्र पौडेल आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट बिदा भई आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवेश गरेका हुन् ।

कम्पनीको उप-प्रमुख कार्यकरी अधिकृतमा नियुक्त हुनु अघि दिनेश अमात्य कम्पनीको नायव महाप्रबन्धक पदमा कार्यरत थिए । जीवन बीमा व्यवसायबाट नै बीमा क्षेत्रमा प्रवेश गरेका अमात्यले तत्कालीन सूर्य लाइफ इन्स्योरेन्समा पनि स्थापना वर्ष २०६५ साल देख २०७४ सम्म काम गरेका थिए ।

उनले सहायक महाप्रबन्धक पदबाट सूर्य लाइफबाट बिदा भई आइएमई लाइफ इन्स्योरेन्समा सहायक महाप्रबन्धक पदमा प्रवेश गरेका थिए ।
अमात्य आईएमई लाइफ इन्स्योरेन्सको स्थापना वर्ष २०७४ देखि नै कम्पनीको प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए ।

उप-प्रमुख कार्यकारी अधिकृत अमात्यसँग कार्यालय प्रशासनको साथै बीमालेख विकास, जोखिमाड्ढन, पुनर्बीमा, बीमाड्ढी मूल्याड्ढन, दाबी व्यवस्थापन, बीमालेख सेवामा तिन दशक भन्दा लामो कार्य अनुभव रहेको छ । उनले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका छन् ।

त्यस्तै, आईएमई लिमिटेडको स्थापना देखिनै विभिन्न जिम्मेवारीमा रहेका खिलेन्द्र पौडेल, रेमिटेन्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशिय कारोबारमा दख्खल राख्छन् । आईएमई ग्रुपले प्रवर्द्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनि
सेक्युरिटिज, आइएमई डिजिटल सलुसन्स लगायतका कम्पनीहरुमा पौडेल सञ्चालकको भुमिका निर्वाह गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एम.बि.ए. (फाइनान्स) गरेका पौडेलले भारतको अहमदावादस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्याड्ढर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशीय लगानी व्यवस्थापनका विषयमा एक्जिक्युटिभ कोर्स गरेका छन् ।

साथै, पौडेलले अमेरिकास्थित हार्भड केनेडी स्कुलबाट पोलिसि डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक कोर्स समेत गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार १५:४२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।