Logo

अर्थ

नेपाल लाइफद्वारा चेतनामूलक भिडियो सार्वजनिक



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुले आफूले लिएका बीमा लेखहरुको निरन्तरताको लागि प्रोत्साहन गर्ने र बीमा लेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ जनचेतनामूलक भिडियो सामाग्री सार्वजनिक गरेको छ ।

‘किनकि जीवन अमूल्य’ छ भन्ने मूल नारालाई आत्मसाथ गर्दै जीवन बिमासम्बन्धी सेवा प्रवाह गर्दै आएको कम्पनीले जस्तोसुकै परिस्थिति आएपनि बीमालेख सरेन्डर गर्नु हुँदैन भन्ने सन्देश दिनको लागि यो भिडियो बनाएको जनाएको छ ।

भिडियोमा जीवन र जीवन बिमा योजनालाई ख्याल–ख्यालमै लिँदा भोलि आइपर्न सक्ने अकल्पनीय दुर्घटनाको कारण एउटा सम्पन्न र सुखी परिवार पनि कसरी आर्थिक अभावको पिडाबाट गुज्रिनुपर्छ भन्ने कुरा देखाइएको छ ।

मुख्य पात्रको भूमिकालाई अलि पृथक् तरिकाले प्रस्तुत गरिएको यस भिडियोमा उनको मनको व्यथालाई सङ्गीत मार्फत व्यक्त गरिएको कम्पनीको भनाइ छ । काल्पनिक भिडियोमा देखाइएको जस्तो अवस्था कसैको पनि वास्तविक जीवनमा नआओस् भन्ने कामना सहित नेपाल लाइफले जीवन बिमा गरेर सुरक्षित, सुनिश्चित अनि सुनौलो भविष्यको बाटो हिँड्न तथा जीवन बिमा योजनालाई बिचमै सरेन्डर गरी अनिश्चितताको बाटो नहिँड्न समेत विशेष आग्रह गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले धेरैजसो मानिसले जनचेतनाको अभावको कारण बिमा सरेन्डर गरेको पाइएको हुनाले आम मानिसमा बिमा सरेन्डरले पार्न सक्ने नकारात्मक प्रभावलाई समेटेर यो भिडियो सार्वजनिक गरिएको बताए । उनले गाह्रोसाह्रो पर्दा अन्य उपकरणहरू रहेको हुँदा आफ्नो सुरक्षित रहेको जीवनलाई असुरक्षित बनाउने काम नगर्न पनि सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार ११:१५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।