Logo

अर्थ

सूर्यज्योति लाइफको ‘एजेन्सी अवार्ड नाइट–२०८१’ सम्पन्न



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट २०८१’ राजधानीको लाजिम्पाट स्थित र्‍याडिसन होटलमा शुक्रबार भव्य समारोहबीच सम्पन्न भएको छ ।

उक्त अवार्ड समारोहमा देशभरबाट छानिएका करिव १५० जना एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमा उपस्थित महानुभावहरुलाई बाग्मती प्रदेश प्रमुख ,चरण दास तिमल्सेनाले स्वागत मन्तव्यका साथ अभिनन्दन गरेका थिए ।

उक्त अवसरमा आर्थिक वर्ष २०८०/०८१ मा देशभरबाट उत्कृष्ट व्यवसाय गरेका विभिन्न विधाका एजेन्सी म्यानेजर र अभिकर्ताहरुमध्येबाट सर्वोत्कृष्टहरुलाई अवार्डबाट सम्मानित गरिएको थियो । देशभरिबाट ‘व्यक्तिगत कोड’ र ‘टिम व्यवसाय’ अन्तर्गत सर्वाधिक व्यवसाय प्रदान गर्ने अभिकर्तालाई कम्पनीकै सर्वाधिक गरिमामय ‘सूर्यज्योति ओजस्वी रत्न अवार्ड र ‘सूर्यज्योति रत्न अवार्ड’बाट सम्मानित गरिएको थियो ।

व्यक्तिगत कोडमा बुटवल पाल्पा रोड शाखा अन्तर्गत कार्यरत कमलप्रसाद घिमिरे र सामूहिक व्यवसायमा कोहलपुर शाखा अन्तर्गत कार्यरत गौरव कुमार शाही द्वयलाई सूर्यज्योति रत्न अवार्ड २०८१ बाट ट्रफि र नगदसहित सम्मानित गरिएको थियो ।

त्यस्तै प्रोडक्ट एम्बेसेडर अन्तर्गत ‘सजिलो भुक्तानी बीमा योजना ’ र सावधिक जीवन बीमा योजना अन्तर्गत क्रमशः गौरव कुमार शाही र सिर्जना पन्तलाई ट्रफी, सम्मानपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।

उक्त अवसरमा कम्पनीले एमडीआरटी २०२५ का क़्वालिफायार्स र चेयरम्यान क्लब अन्तर्गतका ५२ जनालाई समेत सम्मान गरेको थियो । कम्पनीले देशभरिबाट सर्वाधिक व्यवसाय, अभिकर्ता नियुक्ति र बीमालेखको आधारमा उत्कृष्ट १० जना एजेन्सी म्यानेजर र १० जना अभिकर्तालाई ट्रफिसहित सम्मान गरेको थियो ।

कार्यक्रममा देशभरिबाट सर्वाधिक व्यवसाय गर्ने तथा अभिकर्ता नियुक्ति गर्ने र बीमालेख जारी गर्ने शाखा मध्ये क्रमशः बुटवल पाल्पारोड शाखा र जनकपुर मिल्सरोड शाखालाई शिल्डसहित भब्य रुपमा सम्मानित गरिएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार १६:१४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।