Logo

अर्थ

नेपाल इन्स्योरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आज (भदौ १९ गते) देखि ६६ हजार ५६६ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ ।

इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता मूल्य न्यूनतम ३०० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।

आवेदकले न्यूनतम १ हजार देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । असोज २ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार १३:४७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।