Logo

अर्थ

रिलायबल नेपाल लाइफको अभिकर्ता सशक्तीकरण कार्यक्रम सम्पन्न



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नुवाकोट शाखाले अभिकर्ता सशक्तीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शाखामा कार्यरत सिनियर एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर , सक्रिय एजेन्सी र वित्तीय सल्लाहकारहरुलाई उक्त तालिम प्रदान गरेको हो ।

कम्पनीले भदौ २२ गते होटेल सनसाइन बिदुरमा कम्पनीका मुख्य बजार प्रबन्धक शैलेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा एक दिने तालिम सम्पन्न गरको छ । साथै आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट व्यवसाय गर्ने सिनियर एजेन्सी म्यानेजर , एजेन्सी म्यानेजर, सक्रिय एजेन्सीहरुलाई सम्मान पनि गरिएको थियो ।

नुवाकोट शाखामा उत्कृष्ट व्यवसाय गर्ने ७० जना भन्दा बढी एजेन्सीहरु सहभागी भएको कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको जनाइएको छ । कार्यक्रम पश्चात् अभिकर्ताहरुमा थप उर्जा मिलेको र उत्साहित भएको शाखा प्रबन्धक पन्च बहादुर तामाङले बताए ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार ११:०७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।