Logo

अर्थ

रवि लामिछाने पक्राउको विरोधमा रास्वपाको आज पनि प्रदर्शन



काठमाडौं । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार पनि कास्कीमा प्रदर्शन गरेको छ । राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै रास्वपाले सोमबार पोखराको पृथ्वीचोकमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले ‘सहकारीपीडितलाई न्याय दे’, ‘माफियाहरुलाई कारबाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’ लगायत नारा लगाएका थिए ।

अदालतमा भएको थुनछेक बहसपछि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार १४:३७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।