Logo

राजनीति

तरुण दलले कात्तिक १० गते स्थापना दिवस मनाउने



काठमाडाैं । नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल तरुण दलले ७२औँ स्थापना दिवस मनाउने भएको छ ।

दलले ७२औँ स्थापना दिवसका अवसरमा कात्तिक १० गते वृक्षारोपण कार्यक्रम गरेर स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

दलका मुख्य सचिव ठानप्रसाद पोखरेलले वृक्षारोपण कार्यक्रम गरेर मनाउने निर्णय गरेको जानकारी दिए । दलले स्थापना दिवस भव्यताका साथ मनाउन काठमाडौँ उपत्यकामा रहेका सम्पूर्ण केन्द्रीय सदस्यहरु लगायत दलका विभिन्न तहमा रहेका तरुण साथीहरूलाई आ-आफ्नो स्थानबाट योगदान पुऱ्याउन निर्देशानुसार सुचना गरिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार १६:१०   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।