Logo

अर्थ

गभर्नरलाई प्रश्न- अशोक शेरचनको पद आजिवन बचाईराख्ने जिम्मा राष्ट्र बैंकले लिएको छ हो ?



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पत्रकारले प्रश्न गर्न थालेका छन् । आज गभर्नर अधिकारीलाई एकजना आर्थिक पत्रकारले प्रश्न गर्दै सोधेकी छन्,- ‘अशोक शेरचनको पद आजिवन बचाईराख्ने जिम्मा राष्ट्र बैंकले लिएको छ हो गभर्नर साब ?’

केहि समय यता प्रभु बैंक र बैंकका सीईओ अशोक शेरचनका गैर कानूनी क्रियाकलाप र वित्तीय अपराधका प्रमाणसहितका समाचार एकपछि अर्को गर्दै बाहिरिएका छन् । यस सम्बन्धमा उनको मुद्दा नेपाल राष्ट्र बैंक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सीआईबी हुँदै शेरचनविरूद्धका मुद्दा अदालतसम्म पुगेको छ । अदालतले बैंक तथा वित्तीय सँस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंक भएकाले यसबारे अध्ययन अनुसन्धान गर्ने र कारबाही गर्ने राष्ट्र बैंकलेनै गर्नुपर्ने ब्याख्या गरिसकेको अवस्था छ ।

तर, राजनीतिक कित्ता एउटै भएकै कारण नियामक निकाय भनिएको राष्ट्र बैंक भने उनी र उनका वित्तीय अपराधको साक्षी बनेर टुलुटुलु हेरी मात्र रहेको छ ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागको प्रतिवेदनले प्रभु बैंकका अधिकांश कर्जा निष्क्रिय भएको निष्कर्ष निकालिसकेको छ ।त्यसमा प्रभु बैंकका सीईओ शेरचनले नियमविपरित कर्जा बाँडिएकको छ समेत भनिरहेको छ तर यो बैङ्किङ कसुर हो भन्न खुट्टा कमाईरहेको अवस्था छ । यता सीआईबी पनि नेपाल राष्ट्र बैंकबाट पत्र नआएसम्म कारबाही गर्न आफ्नो क्षेत्राधिकार नभएको बताउँदै पन्छिरहेको अवस्था छ । शेरचनविरूद्ध अदालतमा परेको अर्को मुद्दा अझै विचाराधीन छ ।

यसै सन्दर्भलाई लिएर आर्थिक क्षेत्रमै कलम चलाईरहेकी पत्रकारले गभर्नर अधिकारीलाई भनेकी छन्,- नेपाल राष्ट्र बैंकले प्रभु बैंकका सिइओ र भट्टचनलाई जोगाईराख्नु पर्ने कारण राजनीतिक साँठगाँठ हो कि अन्य केहि हो ? यो त अचाक्ली भएन र ? प्रभु बैंक प्राइभेट लिमिटेड जस्तो भएको देख्दैन हो राष्ट्र बैंकले ? शेरचनको मनोमानी, कर्मचारीको पिडा सुन्नुभा छ ?

उनले अझै थप्दै भनेकी छन्,- कोहि ९ बर्षमा १० पटक प्रोमोसन, चाकडी नगर्नेलाई प्रोमोसन त परै जाओस उल्टै डिमोसन गरि दुर्गमा सरुवा, अनि सेन्चुरी बैंकका कर्मचारी मात्रै किन टार्गेटमा परेका हुन् ? कहिले सोध्नुभयो गभर्नर ? राष्ट्र बैंकको सुपरिवेक्षण के नाटक मात्रै हो ? सुपरिवेक्षणले औंल्याएका कमजोरीमाथि छानबिन गरि कारबाहीहुनु पर्दैन ? खुसुक्क आफ्ना आफन्त भर्ती गर्दै बिषय  सामसुम पार्न मिल्छ ? तपाईका जुनियर कर्मचारी कसरी पदको दुरुपयोग गर्दैछन् हेर्नुभएको छ कहिल्यै ?’

गभर्नर साब , पद सबै हैन, संधै रहँदैन पनि । तसर्थ नियामक छ भन्ने प्रत्याभूति सबैलाई दिलाउनुस् । मनलाग्दी कर्जा बाँड्ने अनि नाफाबाट प्रोभिजन गरेर मात्र उन्मुक्ति नमिल्नुपर्ने हो । कि राष्ट्र बैंकले शेरचनको पद आजिवन बचाईराख्ने जिम्मा लिएको छ भने भन्नुहोला । उनले भनेकी छन् ।

यस बिषयमा गभर्नर अधिकारीले कुनै प्रतिक्रिया दिएका छैनन् ।

यो पनि

प्रभु बैंकमा शेरचनवाद हावी: रश्मी पन्तको ९ बर्षमा १० पटक बढुवा, सेन्चुरीका कर्मचारी १ महिनामै सरुवा (सर्कुलरसहित)

‘टिम्बर ब्राण्ड’ मा प्रभु बैंकका डेपुटी सीईओ पोखरेलका आँखा, ऋण दिएर कमिसन लिएको आरोप

संघाई ग्रुपका एकै व्यक्तिको नाममा दर्जनौँ कम्पनी : उद्देश्य अर्कै, काम शेयर कारोबार

प्रभु बैंकका सीईओ शेरचनको कार्यकाल जम्मा ६ महिना बाँकी, पाँडे र राणासहित को-को बाहिरिन्छन् ?

एमाले सांसद पनि मुछिए सहकारी ठगीमा, जोगाउन चलखेल

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार १२:५५   :  बजे

5.8K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।