Logo

प्रमुख समाचार

नक्कली विज्ञप्तिवाट भ्रमित नहुन कांग्रेसको आग्रह



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले नक्कली विज्ञप्तिमा भ्रमित नहुन आग्रह गरेकाे छ ।

कांग्रेसले एक विज्ञप्ति जारी गर्दै गठबन्धन सरकारबारे जनतालाई भ्रम छर्ने कुत्सीत उद्देश्यले सभापतिको नाम राखेर नक्कली विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमा सम्प्रेषित गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सामाजिक सञ्जालमा सरकारले ल्याएको अध्यादेशको विरोधमा कांग्रेसको धारणा भन्दै भाइरल बनाइएपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भ्रमित नहुन जनतालाई आग्रह गरिएकाे छ ।

त्यस्तै, विज्ञप्तिमा यस्ता कार्य गैरकानूनी कार्य गर्नेलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह पनि गरिएको छ ।

प्रकाशित मिति : २९ पुष २०८१, सोमबार ०७:०५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।