Logo

अर्थ

मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त



जनकपुरधाम । मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई बर्खास्त गर्ने निर्णय भएको छ । मंगलबार जनकपुरधाममा भएको विश्वविद्यालयको सभाबाट उपकुलपति डा. वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई बर्खास्त गर्ने निर्णय भएको हो ।

नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले ७ असोजमा बुझाइएको प्रतिवेदनको आधारमा दुवै जना विश्वविद्यालयको अनाधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले विश्वविद्यालय सभाले दुवै जनालाई बर्खास्त गर्ने निर्णय भएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

दिउँसो १२ बजेदेखि जनकपुरको एक होटेलमा चलेको विश्वविद्यालय सभा राति ११ बजेसम्म चलेको थियो । सभामा विश्व विद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री सतिशकुमार सिंह, सहकुलपति शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीलगायत विश्व विद्यालय सभाका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।

चालु आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम समेत सभाबाट पास भएको छ ।

यसअघि १६ पुसमा जनकपुरमा भएको विश्व विद्यालयको सभामा समेत उपकुलपति महतो र राजिष्ट्रार ठाकुरलाई बाहिर निकालिको थियो । जसपा नेपाल र जनमतबीचको विवादको भुमरीमा मधेश कृषि विश्व विद्यालय फँसेको छ । ८ माघ २०८० मा विश्वविद्यालयको भवन शिलान्यासको विषयमा जसपा र जनमतबीच भएको विवाद भएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार ११:२६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।