Logo

अर्थ

टाटा मोटर्सको ‘प्रि-फेस्टिभ फियस्टा’ सुरू, गाडी खरिदमा विशेष अफर



काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आगामी चाडपर्वलाई लक्षित गरी ‘प्रि-फेस्टिभ फियस्टा’ नामक विशेष कार्यक्रम घोषणा गरेको छ ।

यो कार्यक्रम यही भदौ २० र २१ गते (सेप्टेम्बर ५ र ६) देशभरका टाटा शोरुममा सञ्चालन हुनेछ ।

दुई दिने यस कार्यक्रममा ग्राहकहरूले टाटाका इलेक्ट्रिक तथा पेट्रोल/डिजेल गाडीहरूको अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

प्रदर्शनीमा टियागो.ईभी, पञ्च.ईभी, नेक्सन के३.ईभी जस्ता इलेक्ट्रिक र टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आईसीई गाडीहरू उपलब्ध हुनेछन् ।

कार्यक्रममा गाडी बुक गर्ने ग्राहकले लाइफटाइम फ्री डीसी फास्ट चार्जिङ, आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क इम्बोस्ड नम्बर प्लेट र एक वर्षे सवारी कर, निःशुल्क बीमा तथा एसेसरिज, निःशुल्क होम चार्जर जडान लगायतका सुविधा पाउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार ११:५६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।