Logo

प्रमुख समाचार

श्रद्धाञ्जली अर्पण गर्दै बेलायतमा दीप प्रज्वलन



लन्डन । नेपालमा भइरहेको ‘जेन-जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्न बेलायतका विभिन्न सहरमा रहेका नेपाली समुदायले श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेका छन्।

लन्डनको ट्राफलगर स्क्वायरदेखि कार्डिफ, अल्डरसट र रिडिङलगायतका स्थानमा बसोबास गर्ने सयौँ नेपाली स्वतःस्फूर्त रूपमा भेला भएर शहीद युवाप्रति सम्मान व्यक्त गरेका हुन्। सहभागीहरूले नेपाली झण्डाको वरिपरि दीप प्रज्वलन गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना पनि प्रकट गरे।

कार्यक्रममा सहभागीहरूले भ्रष्टाचारविरुद्धको आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई स्मरण गर्दै न्याय, पारदर्शिता र जवाफदेही शासनका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाए। उनीहरूले शान्तिपूर्ण आन्दोलनमा भएको दमनको विरोध गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार ०७:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।