Logo

अर्थ

सीजीका प्रबन्ध निर्देशक चौधरीको भावुक सन्देश: ‘हामी टुटेका छैनौं, झन् बलियो भएर उठ्नेछौँ’



काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले हालैको हिंसात्मक घटनाबाट कम्पनीलाई अर्बौंको क्षति पुगेको बताउँदै एक भावुक सन्देश जारी गरेका छन्।

उनले युवाहरूको जायज आन्दोलनलाई अराजक समूहले अपहरण गरी कम्पनीका अध्यक्षमाथि हमला, घरमा आगजनी, कारखाना–सोरुममा तोडफोड र लुटपाट गरेको बताएका छन्।

चौधरीले कर्मचारीहरूको साहस र एकतालाई सराहना गर्दै कम्पनी अझ बलियो भएर उठ्ने दृढ संकल्प व्यक्त गरेका छन्। “भवन जल्न सक्छ, तर सपना होइन,” भन्दै उनले इतिहासले उनीहरूको पुनःउत्थानलाई सम्झने विश्वास व्यक्त गरेका छन्।

उनले कम्पनीले पुनर्निर्माण गर्ने, पुनः प्राप्त गर्ने र पहिलेभन्दा झन् बलियो भएर उठ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले यो त्रासदीबाट नयाँ शक्ति, नयाँ विचार र नयाँ प्रणालीको साथमा नेपाली जनताप्रति अझ गहिरो प्रतिबद्धताको उदय हुने विश्वास व्यक्त गरेका छन्। ‘इतिहासले हामीलाई भस्म पार्ने आगोलाई होइन, हामी त्यसबाट कसरी पहिलेभन्दा बलियो, गर्विलो र थप एकजुट भएर बाहिर आयौँ भन्ने कुरालाई सम्झनेछ,’ उनले सन्देशमा भनेका छन्।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १०:४०   :  बजे

189
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।