Logo

अर्थ

आपूर्ति शृङ्खला खल्बलिन नदिऔं : निकासी पैठारी संघ



काठमाडौं । जेनजीले भ्रष्टाचार नियन्त्रण, सुशासन र वाक स्वतन्त्रताका पक्षमा आह्वान गरेको प्रदर्शन क्रममा भएको अकल्पनीय जनधनको क्षतिप्रति नेपाल समुद्रपार निकासी पैठारी संघले दु:ख व्यक्त गरेको छ ।

आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।

प्रदर्शन क्रममा उद्यमी, व्यवसायी, उद्योग, प्रतिष्ठान, तिनका कार्यालय एवं निवासलाई तोडफोड र आगजनीको निसाना बनाइएबाट उद्यमी–व्यवसायी अभूतपूर्व रूपमा भयभित भएको संघले जनाएको छ ।

निषेधाज्ञा एवं कर्फ्युका बेला अत्यावश्कीय सेवा दिने पेसाकर्मीको आवतजावत तथा औषधि, खाद्यान्न, दूध, पानी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यकीय वस्तु ओसारपसारमा सहजीकरण गर्न समेत सम्बद्ध निकायलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १८:०४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।