Logo

अर्थ

तोलामै ७ हजार १ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो । शुक्रबारको सुनको मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै चाँदीको मूल्य पनि बढिरहेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३५० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार ११:२१   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।