काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँ घटेको छ । आज प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँ मूल्य तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यसअघि शुक्रबार २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा ७५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २७५ रुपैयाँमा झरेको छ ।




















प्रतिक्रिया