Logo

अर्थ

दोहोरो अंकले बढ्यो सेयर बजार, २ अर्ब ७९ करोडकाे कारोबार



काठमाडौं । आज तिहार बिदा अघिको अन्तिम कारोबारमा सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से १६.६७ अंकले बढेर २५०३ को विन्दुमा कायम भएको हो ।

आज १६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३२३ कम्पनीको ६१ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको २८ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै हिमालयन ८० २० का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १५:१३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।