काठमाडाैं । रोयल इनफिल्डले आफ्नो नयाँ मोटरसाइकल स्क्र्याम-४४० नेपालमा सार्वजनिक गरेको छ ।
यो मोटरसाइकल सहर र अफ–रोड दुबैका लागि चलाउन मिल्ने बनाइएको छ। यसको डिजाइन र क्षमता नेपालका विभिन्न भू–भागका लागि उपयुक्त मानिएको छ ।
रोयल इनफिल्डका प्रमुख कमर्शियल अफिसर यदविन्दर सिंह गुलरियाले नेपाललाई कम्पनीका लागि उत्साहजनक बजार भनेका छन् । उनले यसअघि क्लासिक ३५० ल्याइसकेपछि अहिले स्क्र्याम-४४० सार्वजनिक गरेर कम्पनीले आफ्नो प्रतिबद्धता देखाएको बताए ।
स्क्र्याम-४४० मा ४४३ सिसी सिंगल सिलिन्डर एयर–कुल्ड इन्जिन छ। यसले २५.४ बिएचपी पावर र ३४ एनएम टर्क निकाल्छ। सिक्स–स्पिड गियर भएको यो मोटरसाइकल सहरभित्र वा अफ–रोड दुबैमा सहज सवारीका लागि बनाइएको हो ।
यसमा अगाडिको १९० मिमि र पछाडिको १८० मिमि सस्पेन्सन, ७९५ मिमि सिट हाइट, २०० मिमि ग्राउन्ड क्लियरेन्स, १९/१७ इन्चका टायर र स्विचेबल एबिएस छन्। साथै एलइडी हेडलाइट, सुधारिएको ब्रेक सिस्टम र टप–बक्स राख्ने सुविधा पनि छ ।
स्क्र्याम-४४० दुई भेरियन्टमा उपलब्ध छ। ट्रेल भेरियन्टमा स्पोक व्हील र ट्यूब टायर छन्। ट्रेल भेरियन्टको मूल्य ६ लखा ८९ हजार नौ सय र फोर्स भेरियन्टको मूल्य ६ लाख ९९ हजार नौ सय ९०० तोकिएको छ। यी दुवै काठमाडौं शोरूममा उपलब्ध भएको बताइएको छ ।
रोयल इनफिल्डले त्रिवेणी समूहसँग साझेदारी गर्दै २०२३ मा बिरगञ्जमा वार्षिक २० हजार युनिट उत्पादन क्षमताको एसेम्बली प्लान्ट खोलेको थियो। नयाँ स्क्र्याम-४४० को बुकिङ नेपालभरका सबै डिलरहरूमा खुला भइसकेको कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया