Logo

अर्थ

लक्ष्मीपूजाको दिन विद्युत्‌को माग १६५० मेगावाट



काठमाडौं । लक्ष्मीपूजाको साँझ देशभर विद्युत्‌को माग १६५० मेगावाट भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, साँझ ६:५० बजे देशभित्रको आन्तरिक विद्युत् माग १,६५० मेगावाट पुगेको थियो भने भारततर्फ १,०१५ मेगावाट विद्युत् निर्यात गरिएको थियो ।

यसरी आन्तरिक खपत र निर्यात दुवै गरी कुल २,६६५ मेगावाट विद्युत्‌को माग पुगेको प्राधिकरणले जनाएको छ ।

लक्ष्मीपूजाको दिन घरघरमा दीप प्रज्वलन, बिजुली बत्ती र सजावटका कारण विद्युत् खपतमा हरेक वर्ष बढोत्तरी हुने गर्छ ।

यस वर्ष माग बढे पनि प्रणाली सन्तुलन कायम गर्न प्राधिकरणले सफलतापूर्वक आपूर्ति व्यवस्थापन गरेको जनाएको छ ।

प्राधिकरणले २०७३ सालदेखि लक्ष्मीपूजाको दिन निरन्तर रूपमा बत्ती व्यवस्थापन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार २२:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।