Logo

अर्थ

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडाैं । युनिलिभर नेपालले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ कात्तिक ११ गतेदेखि कात्तिक २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । भोलि कात्तिक १० गते छठको सार्वजनिक बिदा परेकोले आजसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।

कम्पनी सञ्चालक समितिले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश पारित गर्न कम्पनीले आउँदो कात्तिक २५ गते ३२ औँ वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा अपराह्न ४ बजेबाट सुरु हुनेछ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार ११:४९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।