Logo

अर्थ

राधी विद्युतलाई हकप्रद सेयर जारी गर्न आयोगको स्वीकृति



काठमाडाैं । राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट हकप्रद जारी गर्न कात्तिक २ गते अनुमति पाएको हो ।

आयोगले कम्पनीलाई चुक्ता पूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँको १ः०.६९८९ अनुपातमा हकप्रद जारी गर्न पूर्व स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको ६९ प्रतिशत अर्थात् १ः६९८९ अनुपातमा कुल १ करोड २८ लाख ५२ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आईतवार १४:०२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।