Logo

अर्थ

तोलामा २ हजार घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सोमबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो ।

अघिल्लो दिन सुन तोलामा ११ हजार ६ सय घटेको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २ हजार ९८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार ११:२१   :  बजे

273
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।