Logo

अर्थ

तोलामा २ हजार ९ सय घट्यो सुन, आज कतिमा हुँदैछ किनबेच?



काठमाडौं । मंगलबार पनि सुनको मूल्य घटेको छ । आज सुनकाे मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन २ लाख ३९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २९८० रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज २९२० मा झरेको छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार ११:१५   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।