Logo

अर्थ

मौसम बदलीसँगै किसानलाई सावधानी अपनाउन मन्त्रालयको आग्रह



काठमाडौं । देशभर मौसम बदली र भारी वर्षाको सम्भावना बढेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानहरूलाई कृषि कार्यमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी दुई दिन मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान भएकाले मन्त्रालयले किसानलाई सावधानी अपनाउन सुझाएको हो।

धान काट्ने, बीउ भण्डारण गर्ने तथा तरकारी, तोरी र आलुको बीउ छर्ने कार्य केही दिनका लागि रोक्न र कटेको धान सुरक्षित स्थानमा राख्न अनुरोध गरिएको छ।

अत्यधिक वर्षाका कारण बाली बग्ने वा माटोबाट उखेलिने जोखिम रहेकाले बीउ रोपिसकेका किसानलाई ब्याडमा प्लास्टिक छापो लगाउन पनि सिफारिस गरिएको छ।

मन्त्रालयले स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत किसानलाई सतर्कतासम्बन्धी सूचना प्रवाह गरिरहेको र स्थानीय मौसम पूर्वानुमानका लागि सम्बन्धित निकायसँग सम्पर्कमा रहन आग्रह गरेको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार १३:२०   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।