Logo

अर्थ

सेयर बजारमा ६२ अंकको वृद्धि, साढे ४ अर्बकाे कारोबार



काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ । नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१ को विन्दुमा कायम भएको छ ।

आज २३६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीमो मात्रै घटेको छ ।

आज ४ अर्ब ५७ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन पावर पाटर्नरको कारोबार भएको छ ।  यस कम्पनीको २४ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै हिमालयन पावर पाटर्नरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ६.३६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार १५:१२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।