काठमाडौं । प्रतिकूल मौसमका कारण आज बिहीबार हवाई उडान प्रभावित भइरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गराइएको छ ।
दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ ‘डाइभर्ट’ भएको छ । दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजलाई समेत दिल्ली ‘डाइभर्ट’ गरिएको विमानस्थलले जनाएको छ ।
आज आन्तरिक उडान समेत प्रभावित भएको छ ।




















प्रतिक्रिया