काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३४.२२ अंकले बढेर २६०० को विन्दुमा कायम भएको छ ।
आज २१६ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको मूल्य घटेको छ ।
आज ७ अर्ब ५१ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन बैंकको प्रोमोटर सेयर कारोबार भएको छ । यस बैंकको १ अर्ब ६६ करोड माथिको संस्थापक सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एनआइबिएल स्टेबल फन्डका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ५ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया