काठमाडाैं । कात्तिक तीन गतेदेखि बन्द रहेको हिमालयन बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा आज (बिहीबार) साँझबाट सञ्चालनमा आउने भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाकाअनुसार नयाँ सफ्टवेयर प्रणालीमा रूपान्तरणको कार्य सम्पन्न भएसँगै आज साँझदेखि ग्राहकहरूले मोबाइल र इन्टरनेट बैंकिङका सेवा पुनः प्रयोग गर्न सक्नेछन् ।
बैंकले दैनिक काममा प्रयोग हुने मुख्य सफ्टवेयर परिर्वतन गरिरहेको हो । यसअघि बैंकले १० गतेसम्म विभिन्न सेवा बन्द हुने भएपनि एटिएम, पस मेसिन, क्युआर मार्फत् भुक्तानी, इकर्मश सेवा चल्ने उल्लेख गरेको थियो ।
मुख्य सफ्टवेयर परिर्वतन गरिएपछि बैंकको विद्युतीय भुक्तानी माध्यमदेखि अन्य काम कारबाही अहिलेभन्दा द्रुत स्तरमा हुने समेत बैंकले उल्लेख गरेको छ ।




















प्रतिक्रिया