Logo

प्रमुख समाचार

बैंकिङ्ग प्रणालीमा एकै दिन १४ अर्बले घट्यो निक्षेप



काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन १४ अर्ब रुपैयाँले निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सोमबारसम्म ७४ खर्ब ८९ अर्ब रहेको निक्षेप मंगलबारसम्म ७४ खर्ब ७५ अर्ब पुगेको हो ।

त्यस्तै सोमबारसम्म कर्जा प्रवाह ५६ खर्ब ३४ अर्ब रहेकोमा मंगलबार ५६ खर्ब ३५ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह १ अर्बले वृद्धि भएको छ ।

मंगलबारसम्म वाणिज्य बैंकमा निक्षेप ६७ खर्ब १७ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ५० खर्ब १२ अर्ब कर्जा प्रवाह भएको छ ।

सिडी रेशियो बढ्दै ७४.५३ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत छ। अघिल्लो दिन सिडी रेशियो ७४.३८ प्रतिशत थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार ००:०९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।