काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कम्पनीलाई बाँकी भुक्तानी गर्ने दिइने भएको छ ।
राष्ट्रिय गौरव आयोजनाको रूपमा रहेको पोखरा विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेको भए पनि चिनियाँ ठेकेदार कम्पनी सिएएमसी इन्जिनियरिङलाई तिर्न बाँकी रकमको विषयमा लामो समयदेखि विवाद चल्दै आएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको जानकारीअनुसार उक्त कम्पनीलाई भुक्तानी गर्नुपर्ने बाँकी रकम धराैटीसहित ३ अर्ब चार कराेड ९९ लाख ४५ हजार १३१ रूपैयाँ बेरुजु कट्टा गरी फर्छ्याैट गर्ने निर्णय गरिएकाे हाे ।
अर्थ मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहमति पश्चात् प्राधिकरणले गत असोज २० गते बसेको निर्णयअनुसार उक्त भुक्तानी स्वीकृत गरेको हो ।






















प्रतिक्रिया