काठमाडाैं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि अन्तर्राष्ट्रिय सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान गरिएको छ ।
नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार जारी गरेको सूचनाअनुसार बोलपत्र बुझाउने अन्तिम मिति २ पुस २०८२ (१७ डिसेम्बर २०२५) तय गरिएको छ। सुरुङ सञ्चालनका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ, जसमा सुरक्षा व्यवस्थापन, टोल उठाउने र मर्मतका कर्मचारी रहनेछन् ।
पाँच वर्षका लागि सेवा प्रदायकले सुरुङ सञ्चालन र मर्मत गर्नेछ। सरकारका अनुसार कारका लागि ६०–६५ रुपैयाँदेखि भारी सवारीका लागि ६०० रुपैयाँसम्म टोल तोकिएको छ ।




















प्रतिक्रिया