काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो नाममा सामाजिक सञ्जाल र विभिन्न वेबसाइटहरूमा फैलाइएका भ्रामक सूचना फैलाएर ठगी गर्ने प्रयास भइरहेको भन्दै आफ्ना ग्राहकलाई सचेत रहन आग्रह गरेको छ ।
बैंकले एक सूचना जारी गर्दै अनलाइनमार्फत भईरहेको ठगीबाट बच्न सचेत गराएको हो ।
हाल “सर्भे फारम भरेर १० हजार रुपैयाँ बोनस प्राप्त गर्नुहोस्” भन्ने गलत सूचना भाइरल भइरहेका छन् । बैंकले यस्ता कुनै योजना सञ्चालन नगरेको स्पष्ट गर्दै ती भ्रमपूर्ण प्रचारमा नपर्न आग्रह गरेको छ।
बैंकले आधिकारिक जानकारीका लागि मात्र आफ्नो वेबसाइट www.everestbankltd.com प्रयोग गर्न सबैलाई अनुरोध गरेको छ ।





















प्रतिक्रिया