Logo

अर्थ

नेप्सेका कामु डीसीईओ निरञ्जन फुँयालले दिए राजीनामा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कामु नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)निरञ्जन फुँयालले राजीनामा दिएका छन् ।

नेप्से सञ्चालक समितिले आइतबार फुयाँलको राजीनामा स्वीकृत गरेको हो ।

स्रोतकाअनुसार फुयाँल एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने तयारीमा छन्। अब छिट्टै एनआरएनको सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गर्ने स्रोतको भनाइ छ ।

 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार ११:४५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।