काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ३ लाख ६० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ ।
संस्थाको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । यो सेयरमा संस्थाका संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन् ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ। यसैगरी लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा १०० अंकले भाग जाने गरी आवेदन दिन सकिनेछ।
काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलमा सेयर खरिदका लागि कात्तिक २३ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ ।




















प्रतिक्रिया