काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र जावलाखेल ललितपुरस्थित केल्मी सोरुमबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ। सम्झौतापछि बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले केल्मी सोरुम जावलाखेलमा १० प्रतिशतसम्मको छुट पाउनेछन्।
सहकार्यबाट ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न बेलाबेला ग्राहकमैत्री सुविधा ल्याउँदै आएको छ।
हाल बैंकले २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित इकाइबाट सेवा दिँदै आएको छ।




















प्रतिक्रिया